तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गामा करेन्ट लागेर एकको मृत्यु

ओखलढुङ्गा । चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरमा करेन्ट लागेर  एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यही साउन ३ गते बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

नेचासल्याण गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षे राई खोटाङ दिक्तेल जाने क्रममा फुपू चन्द्रमाया राईको घरमा बस्नुभएको थियो । सोही समयमा मेघगर्जनसहित वर्षा भएपछि विद्युत्को एमसिबी चलाउने क्रममा उहाँको करेन्ट लागेको मृत्यु भएको जनाइएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button