तपाईँ सुन्दै हुनुहुन्छः

‘स्मार्ट ठेगाना प्रणाली’बारे अमेरिकामा छलफल

काठमाडौँ ।  चितवनको कालिका नगरपालिकाले सुरु गरेको जिपिएस प्रणालीमार्फत घर नम्बर राख्ने कार्य (स्मार्ट ठेगाना प्रणाली) बारे अमेरिकामा छलफल भएको छ । 

अमेरिका भ्रमणमा रहनुभएका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसँग गैरआवासीय नेपाली, त्यहाँस्थित नेपाली राजदूत तथा सहभागी राजनीतिज्ञरुले अमेरिकी राजधानी वासिङ्टन डिसीमा प्रयोग गरिएको यो प्रणाली कालिकाले अवलम्बन गरेकामा प्रशंसा गर्नुभएको हो ।

डिसीस्थित नेपाली राजदूतावासमा भएको छलफलमा अमेरिकाका लागि नेपालका राजदूत  लोकदर्शन रेग्मीले कालिका नगरपालिकाले सुरु गरेको स्मार्ट ठेगाना प्रणालीको प्रशंसा गर्नुभएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।

आज भर्जिनियामा भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा पनि जिपिएस प्रणालीबाट घर नम्बर राख्ने (स्मार्ट ठेगाना प्रणाली) बारे आफूले जानकारी दिएको उहाँले बताउनुभयो । कालिकाले जिपिएस प्रणालीबाट नगरको नक्साङ्कन, सडक रेखाङ्कन र नामकरण थालेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button