दाङमा मादक पदार्थ सेवन गरी श्रीमानद्वारा श्रीमतीको हत्या

दाङ । दाङको बंगलाचुली गाउँपालिमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गएको छ ।–गएराति बंगलाचुली ४ जुम्लेपानीमा मादक पदार्थ सेवन गरी श्रीमान् श्रीमतीबिच घरायसी झगडा भएको थियो । घरायसी बाट ज्यान लिने घटनामा परिणत हुँदा सो घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बंगलाचुली ४ जुम्लेपानी निवासी जागेश्वर पुनले आफ्नै श्रीमती ५० वर्षीया गोमा पुनको लठ्ठी प्रहार गरी हत्या गरेका हुन्। प्रहरीका अनुसार गएराति करिब १० बजेको समयमा घरायसी विवाद चर्किँदा जागेश्वरले लठ्ठी प्रहार गरेर श्रीमती गोमाको हत्या गरेका थिए। प्रारम्भिक अनुसन्धानले उनीहरूबीच लामो समयदेखि घरेलु झगडा हुँदै आएको र पछिल्लो समय मादक पदार्थ सेवनपछि झगडा झन् बढेको देखाएको प्रहरीले बताएको छ।
घटनाको जानकारी पाउँनासाथ इलाका प्रहरी चौकी कमिरेचौरका प्रहरी सहायक निरीक्षक मधुकर बिसीको कमाण्डमा खटिएको प्रहरीको टोलीले ३८ वर्षीय श्रीमान् जागेश्वर पुनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो।सबलाई मुचुल्का उठाइ पोष्टमाटमको लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइको प्रहरीले जनाएको छ । घटनाको विवरण सङ्कलन र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्