तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदी किनारमा आपतकालीन तटबन्ध निर्माण, बस्ती जोगाउने प्रयास

बाँके। राप्ती सोनारी र नरैनापुरका बाढी जोखिममा परेका बस्ती जोगाउन राप्ती नदी किनारमा आपतकालीन तटबन्ध निर्माण गरिएको छ। “बेम्बोपाइलिङ” र “आरसीसी प्रकुपाइन” प्रविधिबाट तटबन्ध निर्माण भइरहेको जनताको तटबन्ध कार्यक्रमका प्रमुख डा. नारायण सुवेदीले जानकारी दिनुभयो।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार खल्ला झगडिया क्षेत्र राप्ती नदी कटानको उच्च जोखिममा रहेको छ, जहाँ करिब ५० हजार नागरिक प्रभावित हुने खतरा छ। उहाँले अस्थायी तटबन्ध निर्माण गरिएको भए पनि यसले ठूलो बाढीबाट बस्ती जोगाउन सक्छ भन्नेमा आफू विश्वस्त नभएको बताउँदै स्थानीयलाई सतर्क रहन आग्रह गर्नुभयो।

ढलैया, पिप्रहवा, खल्ला झगडिया, देवपुरवा, सोनवर्षा, गङ्गापुर लगायतका क्षेत्रहरूमा बाढी न्यूनीकरणका लागि तटबन्ध निर्माण भइरहेको छ। खल्ला झगडियामा मात्रै रु ६ करोड पाँच लाखको लागतमा करिब ४५० मिटर लामो पक्की तटबन्ध मङ्सिरसम्म निर्माण गर्ने योजना रहेको डा. सुवेदीले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button