एमालेको केन्द्रीय सचिवालय बैठक सुरु
काठमाडौँ ।नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा केहीबेरअघि सुरु भएको भएको बैठकमा पार्टीको आसन्न पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी छलफलको एजेन्डामा रहेको बताइएको छ ।

साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ । त्यसै गरी आगामी भदौ २०, २१ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्