इलामको भालुखोपमा धारिलो हतियार प्रहारबाट एकको मृत्यु, एक गम्भीर घाइते
इलाम । इलामको सूर्योदय नगरपालिका–१, भालुखोपमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गएराति स्थानीय काजी तामाङको घरमा माइजोगमाई गाउँपालिका–२, तारसिंहका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको हो। साथमा रहेका ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते भएका छन्।
प्रकाशलाई लिएर ससुराली गएका निरोजको सोही क्रममा सूर्योदय–१, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग विवाद भएको थियो। विवादकै क्रममा शेर्पाले धारिलो हतियार प्रयोग गरी प्रकाशमाथि प्रहार गरेका थिए। घटनास्थलमै प्रकाशको मृत्यु भएको प्रहरीले जनाएको छ। पेटमा चोट लागेका निरोजको उपचार भइरहेको छ।
प्रहरीले आरोपी शेर्पालाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्