तपाईँ सुन्दै हुनुहुन्छः

सेवा प्रवाह प्रभावकारी नभएको गुनासो

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरूको गठबन्धनले राजनीतिक स्थिरता भएपनि नागरिकहरूले सेवा प्रवाह प्रभावकारी नभएको गुनासो गर्दै आएको बताउनुभएको छ । 

नेपाली कांग्रेस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति खड्काले तीनै तहका सरकार स्थिर हुँदा पनि काममा केही गुनासाहरू आउनुले सेवा प्रवाहमा सुधार आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सत्तामा रहेका राजनीतिकर्मीले नै असन्तुष्टि बाँड्ने काम गरेका छन् । यो जिम्मेवारीमा रहेका व्यक्ति तथा नेतृत्वको कमजोरी हो ।”

उहाँले संविधान संशोधन, विकास निर्माणलाई तीव्रता दिँदै जनताका इच्छा र आकाङ्क्षाअनुसार सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिकर्मी लोभबाट मुक्त हुनुप(यो । लोभबाट मुक्त भएको मान्छे डरबाट मुक्त हुन्छ । डरबाट मुक्त मानिस मात्र शिर ठाडो पारेर हिँड्न सक्छ ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button