तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम: प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले दुई वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ । 

प्रदेश प्रमुख मियाँले  “आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र  “सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८२ ” प्रमाणीकरण गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

उक्त विधेयक सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गरिएको थियो ।

प्रमाणीकरण भएको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई कानुनी आधारमा खर्च गर्नका लागि बाटो खुल्ने छ । 

यस्तै सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले नयाँ बजेट, नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने कानुनी आधार तय हुने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button