तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट पारित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट पारित भएको छ । नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको बजेट सर्वसम्मत पारित भएको हो । सभा अध्यक्ष एवम् नगर प्रमुख प्रशान्त विष्टले बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८२/८३ को वार्षिक राजश्व र व्ययको अनुमान (बजेट) स्वीकृतिका लागि पेश गर्नुभएको थियो । 

त्यसअघि नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकबाटै नीति तथा कार्यक्रम पनि पारित भएको छ । नेपालगञ्ज९१४ भवानियापुरस्थित नेपालगञ्ज सिटी हलमा आज बसेको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, मर्मत९सम्भार विधेयक २०८१, प्रज्ञा प्रतिष्ठान विधेयक २०८२ स्वीकृतिका लागि पेश गरिएकोमा सर्वसम्मत पारित भएको सभा सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिनुभयो ।

नगरसभाको दोस्रो बैठकले नगर कार्यपालिकाका निर्णयहरू समेत अनुमोदन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०/८१ को म।ले।प। प्रतिवेदन पनि छलफलका लागि पेश गरिएको थियो । बैठकमा सभा सदस्यहरुले विभिन्न विषयमा आ९आफ्नो धारणा राख्नुभएको थियो ।

सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले गत असार १० गते बसेको नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बजेट पेश गर्नुभएको थियो । राईले १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आयव्यय विवरण पेश गर्नुभएको थियो । उक्त बैठकमै त्यसअघि सभा अध्यक्ष एवम् नगर प्रमुख विष्टले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button