प्रोजेक्ट बैँकबाट यस बर्ष पनि धेरै योजनाहरू अघि बढाउन सकियनः मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रोजेक्ट बैँकबाट यस बर्ष पनि धेरै योजनाहरू अघि बढाउन नसकेको बताउनुभएको छ ।
संसदीय पत्रकार मञ्च गण्डकीको छैटौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको आइतबार पोखरामा उद्घाटन गर्दै उहाँले सरकारले चाहेर मात्र नहुने, स्थानीय रूपमा समेत बजेट माग भएकोले प्रोजेक्ट बैँकबाट मात्र योजनाहरूलाई धेरै प्राथमिकता दिन नसकेको बताउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले यस बर्ष भौतिक पूर्वाधारमा ५० लाख भन्दा कम न हालेको बताउनु भयो । २० लख भन्दा माथिका योजना टेन्डरबाट अघि बढाएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । सरकारको वास्तविक बजेट २२/२३ अर्ब नै भएको बताउँदै सरकारले यस बर्ष पनि वास्तविकतामा बजेट ल्याउँदा अघिल्लो वर्षको तुलनामा करिब एक अर्ब घटेको जनाउनुभयो ।
वित्तीय समानिकरण बजेट नआएको कारण भुक्तानीमा समस्या भएको उहाँले गुनासो गर्नुभयो । पुरानो दायित्व १७ अर्ब रहेको जनाउँदै मुख्यमन्त्री पाण्डेले प्रदेशका आम्दानीका श्रोत बढाउन सरकारले काम गरेको जनाउनुभयो । सरकारको प्रशासनिक खर्च घटाउन लागेको उहाँको भनाई थियो ।
समाज नकारात्मक सोचबाट केही पनि भएन भन्ने भाष्य खडा गरिएको यस विषयमा सोच्न मुख्यमन्त्री पाण्डेले पत्रकारहरूलाई आग्रह गर्नुभयो । जनताको खर्च गर्न सक्ने क्षमता बढाउन नसकिएको उहाँले बताउनु भयो । प्रदेश सरकारको यसपाली राम्रो समाचार सम्प्रेषण भएकोमा आफु पूर्ण रूपमा सन्तुष्टि भएको उहाँले बताउनुभयो । राईड शेयरिङ एपको विषयमा धेरै मिडिया कभरेज भएको मुख्यमन्त्री पाण्डेले दाबी गर्नुभयो । लोक कल्याणकारी विज्ञापनमा आउँदो बर्ष ४० लाख पर्याप्त नभएमा आवश्यक बजेट व्यवस्था गर्ने मुख्यमन्त्री पाण्डेले वचन दिनुभयो । चालु वर्षमा लोक कल्याण विज्ञापनको लागि ६० लाख बिनियोजन गरेको थियो ।
नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले पत्रकारले पनि पत्रकारितासँगै स्व-अध्ययन पनि गर्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिको सभापति नेकपा (माओवादी केन्द्र) की सांसद दमयन्ती रुचालले सङ्घीय लोकतान्त्रिक सुदृढ पार्न पत्रकारलाई आग्रह गर्नुभयो ।
राप्रपा संसदीय दला नेता पन्चराम गुरुङले नक्कली पत्रकारले सक्कली पत्रकार गुमनाम हुने सङ्केत देखिएको बताउनुभयो ।
पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण केसीले सङ्घीयताको मर्म भावना प्रदेश सरकार भएकोले प्रदेश सरकारले नागरिकको मन जित्ने गरि प्रभावकारी ढंगले काम गर्न सुझाव दिनु भयो । मञ्च अध्यक्ष भरत कोइरालाले २२ जनाबाट सुरु गरिएको मञ्चमा गत बर्ष १७ जना नयाँ सदस्य थप गरि हाल ३६ जना सदस्य आबद्ध हुनु भएको बताउनुभयो । केही सदस्य बिदेसिएको यहाँले बताउनुभयो । कार्यालय व्यवस्थापन, परिचयपत्र , अन्तरप्रदेश भ्रमण, संसदीय पत्रकारसँग छ ।
प्रतिक्रिया राख्नुहोस्