ईलाम नगरपालिका–४ मा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु, चरणबद्ध रूपमा सञ्चालन हुँदै
ईलाम। कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरणका लागि ईलाम नगरपालिका–४ मा पुनः खोप अभियान सुरु गरिएको छ।
वडा कार्यालयका अनुसार खोप अभियान चारखादे खोप केन्द्रबाट औपचारिक रूपमा प्रारम्भ गरिएको हो। आज असार २९ गते छ्यारछ्यारे खोप केन्द्रमा र असार ३० गते आधारभूत स्वास्थ्य सेवा केन्द्र मलातेमा खोप कार्यक्रम सञ्चालन गरिनेछ।
वडा अध्यक्ष नुतनदेव दुलालले लक्षित उमेर समूहमा पर्ने सबैलाई खोप कार्डसहित तोकिएको मितिमा खोप केन्द्रमा उपस्थित भई खोप लगाउन आग्रह गर्नुभएको छ।
उहाँले खोप प्रभावकारी माध्यम भएकाले सबैको सक्रिय सहभागिता आवश्यक रहेको र खोप पर्याप्त मात्रामा उपलब्ध रहेको जानकारी दिनुभयो। वडा कार्यालयले स्वास्थ्य मापदण्ड पालना गर्न र सचेत रहन पनि अनुरोध गरेको छ।
प्रतिक्रिया राख्नुहोस्