बाढीपहिरो लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले बाढी र पहिरोले देशका विभिन्न भागमा पुर्याइरहेको क्षति, नेपाल–चिन जोड्ने मितेरी पुल बगाएको र क्षति भएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले देशका विभिन्न भागमा बाढी र पहिरोको समस्या बढेको अवस्थामा पनि मधेश प्रदेशमा समयमा पानी नपर्दा सुख्खा ग्रस्त भई रोपाई हन नसकेको र मधेश प्रदेश सरकारले सुख्खा ग्रस्त घोषणा गरेकाले संघीय सरकारसँग मधेशप्रदेशलाई आवश्यक सहयोग गरी राहतको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसदहरुले हरेक वर्ष पानी पर्ने बित्तिकै दाउन्ने र बर्दघाट सडक अवरुद्ध हुने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो।
सांसदहरुले कम्पनी रजिष्टारको कार्यालयमा भएको भनिएको घुस प्रकरण र सरोवर डाउन भएको बाहानामा चलखेल भइरहेको भनेर आएको विषयमा छानविन गरी समस्या समाधान गर्न माग गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्