तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

चितवन । इच्छाकामना गाउँपालिका–६, कालिखोलास्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको शव फेला परेको छ ।

केही अङ्ग नभएको अवस्थामा अन्दाजी ५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय,चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो ।

उक्त शव गत मङ्गलबार रसुवामा आएको बाढीले बेपत्ता पारेको व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button