रेडियो नेपाल संवाददाता कँडेलसहित बागलुङका सात पत्रकार पुरस्कृत

बागलुङ । रेडियो नेपाल बागलुङ संवाददाता कोपिला कँडेल सहित बागलुङका सात पत्रकार पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको रजत जयन्ती समारोह एवं पत्रकारिता पुरस्कार समर्पण तथा सम्मान कार्यक्रममा कँडेललाई हरीलक्ष्मी–नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट रु २० हजार नगद सहित पुरस्कृत गरिएको थियो ।
बागलुङका समाजसेवी तिर्थप्रसाद श्रेष्ठको परिवारले आफ्ना दिवगत बाबा आमाको स्मृतिमा स्थापना गरेको हरीलक्ष्मी–नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट कँडेल सहित बागलुङका पत्रकार किरण आचार्य, दिल श्रिस र सुवास आचार्य पुरस्कृत भएका हुन् ।
सोही अवसरमा पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्ष हरिनारायण गौतमको परिवारले बाबाआमाको सम्झनामा स्थापना गर्नु भएको नन्दहरी सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पत्रकार प्रकाश बराल, तारानाथ आचार्य र प्रदीप पन्त पुरस्कृत हुनु भएको छ । पुरस्कृत सबैलाई जनही २० हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर महासघंका केन्द्रिय अध्यक्ष निर्मला शर्मा जिल्ला अध्यक्ष राम थापा र पुरस्कारका संस्थापक संरक्षकहरूले सम्मान गर्नुभएको थियो । सो अवसरमा महासङ्घ बागलुङ शाखाले पूर्व अध्यक्षहरूलाई पनि सम्मान गरेको थियो ।
महासङ्घका पूर्व अध्यक्ष स्वर्गीय बिदुर खड्कालाई मरणोप्रान्त तथा पूर्व अध्यक्ष नारायण दत्त कँडेल, राजेशचन्द्र राजभण्डारी, हरिनारायण गौतम, रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, दिल शिरीष र नरेश कँडेललाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्