तपाईँ सुन्दै हुनुहुन्छः

बिषालु च्याउ खाँदा एकै घरका तीन बालबालिका बिरामी

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–४ पिपलचौरमा बिषालु च्याउ खाँदा एकै घरका तीन बालबालिका बिरामी परेका छन्।

मगबहादुर सिंहका १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह बिरामी परेका हुन्।

छिमेकी नवराज शर्माका अनुसार सालघारी जङ्गलबाट टिपेर ल्याइएको च्याउ खाएपछि उनीहरू बिरामी परेका हुन्।

नगर अस्पताल दल्लीमा तीनै जनाकाे उपचार भइरहेको अस्पतालका डाक्टर नवीन ध्यारले जानकारी दिनुभयो।

चिकित्सकहरूले बर्खाको समयमा नचिनिएको च्याउ नखान सुझाव दिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button