ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
ताप्लेजुङ।ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।
मंगलबार साँझ परेको चट्याङले सिदिङ्वा–३ थुङरुङुवाका ३५ वर्षीय राजकुमार लिम्बु (देवान) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। घरमै बसिरहेकै अवस्थामा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
त्यस्तै, सोही गाउँपालिका–५ लिम्बुदिन बस्ने १७ वर्षीय मिसन लिम्बु चट्याङ लागेर घाइते भएको प्रहरीको भनाइ छ। मेघगर्जन सुरु भएपछि घरको विद्युत लाइनको एमसीबी झार्ने क्रममा उनलाई चट्याङ लागेको हो। लिम्बुको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको र अहिले साब्लाखु स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो
प्रतिक्रिया राख्नुहोस्