त्रिशुली नदीको बाढीमा फसेका दम्पतीको हेलिकप्टरमार्फत उद्धार
नुवाकोट । त्रिशुली नदीमा आएको बाढीका कारण नदीको बीच भागमा फसेका एक दम्पतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
बिदुर नगरपालिका–१ त्रिशुली बसपार्क नजिक बिहान दाउरा संकलनका लागि गएका ती पुरुष र महिला नदीको सतह अचानक बढेपछि रुखमा चढेर बस्न बाध्य भएका थिए। करिब दुई घण्टासम्म उनीहरू रुखमै बसेका थिए।
स्थानीय र सुरक्षाकर्मी घटनास्थल पुगेपनि जोखिमका कारण उद्धार गर्न सकिएको थिएन। त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्