‘चट्याङको मूच्र्छना’ उपन्यास सार्वजनिक
काठमाडौँ । साहित्यकार शान्ति नीहारीकाको पहिलो कृति ‘चट्याङको मूच्र्छना’ उपन्यास सार्वजनिक गरिएको छ। दीपश्री क्रिएटिभ मिडियाको प्रकाशनमा आएको उपन्यासको विमोचन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले गर्नुभयो।
साहित्यकार नीहारीकाले समाजमा आफैले देखेका, भोगेका र सुनेका अनुभवका आधारमा उपन्यास तयार गरिएको बताउनुभयो।
साझाँ चौतारीले आयोजना गरेको विशेष कार्यक्रममा उपन्यास विमोचनसँगै सो संस्थाले आयोजना गरेको टिकटक लाइभ प्रतियोगिताका विजयीहरूलाई पनि पुरस्कृत गरियो। प्रथम सानु लामा, द्वितीय सुमी जिम्बा, तृतीय नेमो प्रधान तथा सान्त्वना पुरस्कार विजेता अशोक लामा र अनु न्यौपानेलाई सम्मान गरिएको थियो।
यसै अवसरमा उपन्यासको सम्पादक शिव शर्मा, डिजाइन तथा मुद्रणमा संलग्न बिनोद बिम्बित र भिजन तथा व्यवस्थापन संयोजक आँचल कुमार शर्मालाई समेत सम्मान गरिएको थियो।
कार्यक्रम गायक तथा संगीतकार प्रदीप देवानको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा मन्त्री पाण्डेसहित पूर्व मुख्य सचिव डा. भोजराज घिमिरे, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, साहित्यकार घनेन्द्र ओझा, डा. रेणुका सोलु, विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ र पत्रकार रोहित भण्डारीलगायतले मन्तव्य व्यक्त गर्कानुभएकाे थियाे।








प्रतिक्रिया राख्नुहोस्