पाँच दिनभित्र शिक्षा विधेयकमा सहमति जुटाइसक्न समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले विद्यालय शिक्षा विधेयकमा पाँच दिनभित्र सहमति जुटाउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा विधेयकमा पाँच दिनभित्र सहमति जुटाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति अम्मरबहादुर थापाले बताउनुभयो ।
सभापति थापाले सरकारले संसदीय समिति र सांसदहरूको विचारलाई नसुन्ने प्रवृत्ति देखाएकोले निर्देशन दिएको बताउनुभयो ।

यसअघि बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन थप समय माग गर्नुभएको थियो ।
शिक्षक महासङ्घसँग वार्ता जारी रहेको भन्दै शिक्षामन्त्री पन्तले गत असार १६ गतेदेखि समय माग्दै आउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्