तपाईँ सुन्दै हुनुहुन्छः

विपक्षी दलहरूको अवरोधपछि मधेश प्रदेशसभाको बैठक भोलीसम्मका लागि स्थगित

जनकपुरधाम । विपक्षी दलहरूको अवरोधपछि मधेश प्रदेशसभाको बैठक भोलीसम्मका लागि स्थगित भएको छ ।

प्रदेश सभाको बैठक शुरु हुने बित्तिकै प्रतिपक्षी दलहरूले आ–आफ्नो ठाउँबाट उठेर अगामी आर्थिक वर्षको बजेट पुनर्लेखनको माग गरेपछि सभामुख रामचन्द्र  मण्डलले आधा घण्टाका लागि स्थगित गर्नु भएको बैठक भोली दिउँसो १ बजे बस्ने गरि स्थगित गरेको सूचना टाँस प्रदेश सभा सचिवालयले गरेको छ ।

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले सतिश कुमार सिंह नेतृत्वको सरकारले ल्याएको बजेटमा बिचौलिया हाबी भएको बताउँदै पुनर्लेखनका लागि माग गर्नु भयो । उहाँले मुख्यमन्त्रीका बुवाले २० वर्षअघि बनाएको भवनको भुक्तानी गर्ने गरी बजेट ल्याइएको, डिपिआरमा करोडौँ रकम विनियोजन गरिएको भन्दै आपत्ति गर्नु भएको थियो । 

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिस पटेलले बजेट असमान रहेको बताउँदै सदनमा रहेका विपक्षी दल मात्र नभई सत्तापक्ष र सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्षले समेत बजेटको विरोध जनाइसकेको बताउँदै पुर्न लेखनका लागि माग गर्नु भयो ।

माओवादी केन्द्रका संसदीय दलका उपनेता युवराज भट्टराईले प्रदेशको भवन तथा मर्म विपरीत ५ लाखको खुद्रे योजना समावेश गरेकाले यसले प्रादेशिक शासन प्राणीको उपहास गरेको बताउनु भयो । बजेटको पुनर्लेखन नभएसम्म बैठकलाई सञ्चालन नगर्न उपनेता भट्टराईले आग्रह गर्नु भयो ।

जसपा नेपालसहित नेकपा एस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीले बैठक अवरुद्ध गरेका हुन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button