भोजपुरमा एकै परिवारका चार जनाको हत्या, ज्वाइँ घाइते अवस्थामा फेला
भोजपुर।भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार सदस्यको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका–२ हेलौछा निवासी राजेन्द्र राईले ससुराली घरमा ससुरा, सासु, श्रीमती र सालोको हत्या गरेका हुन्।
प्रहरीका अनुसार ६८ वर्षीय ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासु मञ्जु गिरि, १५ वर्षीया श्रीमती मनिषा गिरि र ९ वर्षीय सालो सयन गिरिको हत्या गरिएको छ।
हत्या पश्चात राई आफैंले पनि छुरा प्रहार गरी आत्महत्या प्रयास गरेको आशंका गरिएको छ। उनी गम्भीर घाइते अवस्थामा फेला परेका छन् र अहिले उपचारका लागि जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनाको कारण घरायसी विवाद भएको प्रारम्भिक अनुमान गरिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ।
प्रतिक्रिया राख्नुहोस्