राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई बधाई ज्ञापन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एसिसी यू–१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई बधाई दिनुभएको हो ।
मलेसियामा आज भएको फाइनल खेलमा नेपाली टोलीले सिङ्गापुरलाई पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतिक्रिया राख्नुहोस्