नेपाललाई एसीसी यु–१६ इस्ट जोन कपको उपाधिका लागि ११४ रनको लक्ष्य
काठमाडौँ । एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागी सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ ।

फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ४० ओभर ५ बलमा ११३ रन मात्र बनाएर अलआउट हुन पुग्यो । उसका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए ।

नेपालका अभय यादव र सुशील बहादुर रावलले समान ३ विकेट लिए भने कप्तान विपिन शर्माले १ र शुभम खनालले २ विकेट लिएका थिए ।
प्रतिक्रिया राख्नुहोस्