तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्धको फैसला आज सुनाउने भएको छ।

२०७७ माघ र २०७८ असारमा संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरी ल्याइएको अध्यादेशमार्फत ५२ पदमा गरिएको नियुक्तिविरुद्ध फैसला आज सुनाउन लागिएको हो।

उक्त नियुक्तिविरुद्ध २०७७ पुस १ देखि २०७९ साउन १० गतेसम्म १५ वटा रिट दायर भएका थिए। ती रिट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा पौडेल, डा. पुण्यप्रसाद खतिवडालगायतले दायर गरेका थिए। रिटमा नियुक्तिहरू संविधान र कानुनविपरीत भएको दाबी गरिएको छ।

सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो। त्यसपछि जेठ २८ गते फैसला हुने भनिए पनि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीबीच लामो छलफल भएपछि असार १८ गतेका लागि मिति सारिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button