‘सुनचाँदी व्यवसायी सङ्घका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ’
धनुषा । प्रतिनिधिसभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गरिनुपर्ने बताउनुभएको छ ।
जनकपुरधाममा आज सुनचाँदी व्यवसायीसँगको भेटमा उहाँले सुनलाई विलासिताको विषयका रूपमा मात्रै हेर्न नहुने भन्दै जायज मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
हाल देशभर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीको माग सम्बोधन गर्न सरकारले तत्काल कार्यदल गठन गरेर निष्कर्ष पुग्न उचित हुने नेता निधिको भनाइ थियो ।
यसअघि पनि आफूलाई सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय पदाधिकारीले काठमाडौँमै भेटेर कुरा राखेको र यस विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्