तपाईँ सुन्दै हुनुहुन्छः

निजामती विधेयकका प्रावधान परिवर्तन गर्ने दोषीलाई कारबाही गर्नुपर्ने माग

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले प्रतिनिधि सभाबाट पास गरिएको निजामती कर्मचारी सेवा विधेयकमा केही प्रावधान परिवर्तन गर्ने दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । 

लेखक तथा साहित्यकार मधुसूदन पाण्डेयद्वारा लिखित, अनूदित, सम्पादित तथा सह लिखित ‘शतक पुस्तक’ को यहाँ आज लोकार्पण गर्दै निजामती विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको मितिले दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सचिवालयका कर्मचारी वा सांसदले विधेयकमाथि आफू खुसी प्रावधान राखेको उल्लेख गर्नुभयो ।  

तर त्यसलाई खण्डित गर्ने गरी दफा ८२, -५_, -क_ मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्थालाई थप परिभाषित गरिएको छ । 

नेपाल र विश्वको वर्तमान परिस्थितिमा विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादको अझै बढी सान्दर्भिक भएको उल्लेख गर्दै उहाँले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक र सामाजिक अवस्थालाई नेपाली साहित्यको माध्यमबाट चित्रण गर्न साहित्यकारसँग आग्रह गर्नुभयो । कार्यक्रममा लेखक पाण्डेयद्वारा लिखित १०४ वटा -मौलिक, अनूदित तथा सम्पादित_ पुस्तकको लोकार्पण गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button