तपाईँ सुन्दै हुनुहुन्छः

वन डढेलोबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय सरकारलाई अधिकार सम्पन्न गराउनुपर्नेमा जोड

काठमाडौँ । वन डढेलोबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय सरकारलाई श्रोत साधन र अधिकार सम्पन्न गराउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वन डढेलो व्यवस्थापन रणनीतिमा सरोकारवालाहरूको सुझाव लिन आज सिंहदरबारमा गरेको छलफलमा वक्ताहरूले सबैभन्दा पहिले विपद्का सूचना पाउने र प्रतिकार्य गर्ने निकाय स्थानीय सरकार भएकोले यसलाई स्रोतसाधन सम्पन्न बताउनुपर्ने बताउनुभयो । 

छलफलमा सहभागीहरूले वन डढेलो व्यवस्थापन रणनीतिमा जिल्ला स्तरमा सरोकारवालाहरू बीच नियमित छलफल र समन्वय हुनुपर्ने, वन व्यवस्थापनलाई स्थानीय नागरिकको जीवनसँग जोड्नुका साथै जनसहभागिता बढाउनुपर्ने, उच्च जोखिम पहिचान गरिएका क्षेत्रमा खटिने सुरक्षाकर्मीको सङ्ख्या बढाउनुपर्ने, विपद् पूर्वसूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउनुपर्ने लगायतका सुझाव दिनुभएको थियो । 

छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले वन डढेलोले जैविक विविधतामा दूरगामी असर पर्ने भएकोले यसको नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउनुभयो । 

कार्यकारी प्रमुख भट्टले वन डढेलो व्यवस्थापन रणनीति माथिको लामो छलफल पछि अन्तिम चरणमा पुगेको र अब छिट्टै जारी हुने विश्वास पनि व्यक्ति गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button