राष्ट्रियसभाको विधायन समिति बैठक: भन्सार विधेयकमाथि दफावार छलफल सकियो
काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले भन्सार विधेयक २०८० माथिको दफावार छलफल सकेको छ ।
समितिको आज बसेको बैठकमा सांसदहरु डाक्टर वेदुराम भुसाल, सुरेशकुमार आलेमगर, भगवती न्यौपाने, डाक्टर अन्जान शाक्य, झक्कुप्रसाद सुवेदी, पदम परियारलगायतले नेपालको आयत निर्यातलाई सहज हुने गरी कानूनी व्यवस्था गर्न विभिन्न बुँदामा संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो ।

उहाँहरूले व्यापार व्यवसाय गर्नेहरूका स्थायी सङ्केत नम्बर लिएर मात्रै निकासी पैठारी गर्ने अनुमति प्रदान गरिनुपर्ने र अस्थायी रुपमा आयात निर्यात गर्नेहरूका लागि पनि अस्थायी व्यवस्था गर्नुपर्ने, कुनै बस्तु गैरकानूनी रुपमा आयात/निर्यात गरेको सुराकी दिनेलाई पुरस्कारको व्यवस्था गर्नुपर्नेलगायतका संशोधन प्रस्तुत गर्नुभयो ।

समितिका सभापति तुलसाकुमारी दाहालले विधेयकमाथि समितिमा भएको छलफलका आधारमा प्रतिवेदन तयार गरी समितिले विधेयक पारित गरिने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्