तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली मड्रिडमा

मेड्रिट (स्पेन) I संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मड्रिडमा आइपुग्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई मड्रिडको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार राति काठमाडौँबाट कतारको दोहा हुँदै मेड्रिट आइपुगेको हो । उहाँहरू आज साँझ सम्मेलनस्थल स्पेनको सेभिल्ला पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button