तपाईँ सुन्दै हुनुहुन्छः

‘विचलनको अवस्था रहिरहे कम्युनिस्ट आन्दोलनले देखेको सपना पुरा हुँदैन’

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको बताउनुभएको छ ।

भक्तपुरमा आज आयोजित पार्टीका सल्लाहकार स्व.कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनमा समेत विचलन आएको बताउनुभयो । पार्टीमा राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको उहाँले उल्लेख गर्नुभयो । 

अध्यक्ष प्रचण्डले गएको केन्द्रीय समितिको बैठकमा यो त बढी नै भयो भन्ने समीक्षा गर्दै पार्टीले समाजवादको यात्रामा अगि बढ्ने सङ्कल्प गरेको बताउनुभयो ।

कम्युनिस्ट पार्टी स्थापना हुँदा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पुर्ण रूपले समर्पित गर्ने प्रतिबद्धता व्यक्त भएको थियो त्यो अनुसार अहिलेका आन्दोलन अघि बढ्न नसकेको विचार ब्यक्त गर्नुभयो । 

हिजो चाहे जनक्रान्तिको बेला होस् वा जनआन्दोलनको बेलामा जुन किसिमको समर्पण प्रदर्शन गर्दथ्यौँ, आज भोलि त्यसमा खडेरी परेको देखिन्छ उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले विचलनको अवस्था चलिरहे कम्युनिस्ट वर्गले देखेको सपना पुरा हुन नसक्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button