तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा मनमोहन पार्क उद्घाटन र वृक्षारोपण अभियान शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । 

प्रधानमन्त्री ओलीले आज नागार्जुन नगरपालिकास्थित मनमोहन पार्कमा स्थापन गरिएको प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण तथा मनमोहन पार्कको उद्घाटन गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आजै जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरि नगरपालिका कन्कालीमा आयोजित कार्यक्रममा वृक्षारोपण अभियानको शुभारम्भ गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button