मकवानपुरमा चट्याङ लागेर बालिकाको मृत्यु, आमा घाइते
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ मेशिराङमा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन्।
बुधबार साँझ करिब ५ः३० बजे पानीसँगै परेको चट्याङले स्थानीय २७ वर्षीया रविना प्रजा र उनकी ७ वर्षीया छोरी युनिका प्रजालाई लाग्दा दुबै घाइते भएका थिए। चट्याङ लाग्दा उनीहरू घरमै बसिरहेका थिए।
घाइते अवस्थामै आमाछोरीलाई मनहरी अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा युनिकाको बेलुकी करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
आमा रविनालाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने युनिकाको शव पोष्टमार्टमका लागि लगिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्