तपाईँ सुन्दै हुनुहुन्छः

नुवाकोटको बिमचा खोल्सीमा बाढी: कमला बलामी बेपत्ता

नुवाकोट । अविरल वर्षासँगै आएको खोलाबाढीले घरमा क्षति पु¥याउदा नुवाकोटको ककनी गाउँपालिका–१ कागतीगाँउ स्थित भसीबुमा एक महिला बेपत्ता हुनुभएको छ ।

गए राती बिमचा खोल्सी (कोल्पु खोला) मा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिक्रम लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार लेदो र ग्रेगान सहितको खोलाबाढी घरमा पसेपछि भाग्न खोज्दा विमलालाई बगाएकाले खोजी भइरहेको छ । उहाँको श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ ।

बाढीले उक्त घरमा क्षति पुराएको छ भने स्थानीयको थप तीन वटा गोठमा पनि क्षति पु¥याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो ।

हराइरहेको महिलाको खोजी, बस्तीमा बसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपाय सहित घरमा रहेका सामाग्रीको उद्धारका लागी सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button