तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारी राष्ट्रिय पुरस्कार आङ छिरिङ शेर्पालाई दिइने 

काठमाडौँ । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार हिमाल बचाउ अभियानका अभियन्ता आङ छिरिङ शेर्पालाई दिइने भएको छ ।  

मदन भण्डारी फाउण्डेशनले आज पत्रकार सम्मेलनको आयोजना गरी जननेता भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा यही असार १४ गते उक्त पुरस्कार प्रदान गरिने जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा पुरस्कार छनौट समितिका संयोजक एवम् फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलले हाम्रा हिमालहरू दुःख पीडामा छन् भन्ने अभियानलाई अन्तर्राष्ट्रिय रुपमा विस्तार गरी जलवायु परिवर्तन, हिमाल बचाउ र सफाइ अभियानका साथै नेपालको पर्यटन विकासमा समेत विशिष्ट योगदान पुर्‍याए बापत शेर्पालाई पुरस्कृत गरिन लागिएको जानकारी दिनुभयो । 

२०६८ सालदेखि प्रत्येक वर्ष  जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न क्षेत्रमा राष्ट्रिय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई फाउण्डेशनले पुरस्कृत गर्दै आएको छ । उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button