तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषद्का सदस्यको संसदीय सुनुवाइ असार १५ मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित तीन जना न्यायाधीश र एकजना न्यायपरिषद् सदस्यका विरुद्धमा संसदीय सुनुवाइ समितिमा पाँचवटा उजुरी परेको छ ।

समितिमा सिफारिस भएका व्यक्तिसँग सम्बन्धित पाँच र संसदीय सुनुवाई प्रक्रियासँग सम्बन्धित २ वटा उजुरी गरेर समितिमा जम्मा सातवटा उजुरी परेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिनुभयो ।

संघीय संसद् संसदीय सुनुवाई समितिको आज बसेको बैठकमा उजुरी खोलेर अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिएको छ

समितिको गत जेठ ३१ शनिवार बसेको बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा तथा न्याय परिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको विषयमा १० दिनको समय दिएर उजुरी माग गर्ने निर्णय गरेको थियो । 

यसैगरी समितिले प्रस्तावित न्यायाधीश र न्यायपरिषद् विरुद्ध परेका उजुरीका उजुरीकर्तासँग भोली र प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यसँग यही असार १५ गते आइतबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ ।

सुनुवाईका क्रममा प्रस्तावित व्यक्तिले प्रस्तुत गर्ने कार्य योजना, सोच र अवधारणा  पत्र पनि आज समितिका सदस्यहरूलाई वितरण गरिएको छ ।  

न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा तीनजना र प्रधानमन्त्री न्याय परिषद्मा रिक्त एक सदस्य नियुक्तिका लागि नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि संसदीय सुनुवाई समितिमा पत्र पठाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button