सत्तारूढ दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयहरूबारे छलफल भइरहेको छ ।
बैठकमा भिजिट भिसा प्रकरण, प्रतिनिधिसभाको आजको बैठकबाट पारित गरिने विनियोजन विधेयक, २०८२ लगायतका संसदीय प्रक्रियासम्बन्धी विषय र संक्रमणकालीन न्यायसम्बन्धी कामकारबाहीबारे विशेष छलफल हुने जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत सहभागी हुनुहुन्छ । सत्ता पक्षीय दलहरूबीच समन्वय र साझा धारणा बनाउन यो बैठक महत्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया राख्नुहोस्