तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवि क्रिकेट मैदानको निर्माण समयमै सम्पन्न गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको सोमबार निरीक्षण गर्दै निर्माणको काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

त्रिवि क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ । सो कार्यको प्रगति बुझ्न मन्त्री चौधरी सोमबार कीर्तिपुर पुग्नुभएको हो ।

प्रधानमन्त्री के पी शर्मा ओलीले कार्यभार सम्हालेपछि गत ३१ असारमा पहिलो निर्णयका रूपमा ३०० दिनभित्र त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लड लाइट जडान गर्ने घोषणा गर्नुभएको थियो ।

तोकिएको समयमा कायम पूरा नभएपछि प्रधानमन्त्री ओलीले  गत बैशाख २२ मा शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर छलफल गर्दै असार मसान्तसम्म काम पूरा गर्न निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button