तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी नदीले बगाएका एक पुरुषको सशस्त्र प्रहरीद्वारा उद्धार 

चितवन । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका एक जना पुरुषलाई सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो ।

करिब ४०/५० वर्षीय पुरुष नारायणी नदीमा माथिबाट बग्दै आएको देख्नासाथ सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको कमान्डमा खटिएको सुरक्षा टोलीले जीवितै उद्धार गर्न सफल भएको सशस्त्रका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

पहिचान खुल्न नसेका ती व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताउनु भयो । उद्धारपछि उनलाई भरतपुर सरकारी अस्पताल चितवनमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button