तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वतयारीलाई ध्यान दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ । सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने परिस्थितिलाई ध्यान दिई आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद ठाकुर गैरेले मनसुनका कारण देशव्यापी रूपमा वर्षा भएकाले विपद् पूर्वतयारीलाई विशेष ध्यान दिन र सार्वजनिक सूचनामार्फत आमनागरिकलाई सचेत गराउन आग्रह गर्नुभएको थियो । 

उहाँले काठमाडौँको धोवीखोलालगायतका स्थानमा आएको बाढीको उदाहरण दिँदै सार्वजनिक यातायातलाई सुरक्षित रूपमा सञ्चालन गर्ने वातावरण बनाउन भौतिक पूर्वाधार र यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button