अवरुद्ध भएको १६ घण्टापछि सञ्चालनमा आयो राप्ती राजमार्ग

सल्यान । अवरुद्ध भएको १६ घण्टापछि राप्ती राजमार्ग सञ्चालनमा आएको छ ।
गएराती करिब १०ः०० बजेदेखि अविरल वर्षासँगै आएको पहिरोले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–दाङ सडकखण्ड अन्तर्गत कपुरकोट गाउँपालिका–३ चोर खोलालगायतका विभिन्न स्थानमा झरेको पहिरो हटाएपछि दिउँसोबाट दुईतर्फी सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
निरन्तरको वर्षा र पहिरो झरिरहेका कारण रातको समयमा पहिरो हटाउन समस्या भएका कारण शुक्रबार बिहानबाट मात्र पहिरो हटाउने कार्य भएकाले लामो समयसम्म राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो । बाटो खुलेसँगै गएरातीदेखि बीच बाटोमा रोकिएका सवारी साधन गन्तव्यतर्फ गइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्