मधेश प्रदेश सरकारले स्थानीय तहलाई करिब २ अर्ब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा स्थानीय तहमा ती प्रकारका बजेटहरू पठाउने भएको छ ।
प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सहिद परिवारलाई लक्षित विशेष कार्यक्रमहरू लगायतका क्षेत्रमा काम गर्नका लागि स्थानीय तहले खर्च गर्ने गरि विशेष अनुदान तर्फ ३८ करोड १० लाख रकम विनियोजन गरेको छ ।
यसका साथै विशेष अनुदान सम्बन्धि कार्यविधि २०७८ ले निर्णय गरे बमोजिमका क्षेत्रहरूमा स्थानीय तहले योजना कार्यान्वयन गर्न समपूरक अनुदान तर्फ २८ करोड १० लाख रकम विनियोजन गरेको अर्थमन्त्री सुनिल कुमार यादवले जानकारी दिनु भएको छ ।
यसका साथै मधेश प्रदेशका स्थानीय तहहरूलाई सशर्त अनुदान तर्फ दिनका लागि १ अर्ब २२ करोड ५० लाख रकम विनियोजन गरेको छ । विगत वर्षहरुमा पनि स्थानीय तहलाई बजेट दिनका लागि रकम विनियोजन गरेपनि यसको समयमा निकासा नहुँदा लक्ष्य अनुसारको काम भएको छैन ।
प्रतिक्रिया राख्नुहोस्