तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोसी नदीमा बाढीको जोखिम, नदी आसपास सतर्कता अपनाउन प्रशासनको आग्रह

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असार ७ गतेसम्म भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनामा नदीमा ठूलो बाढी आउन सक्ने जनाइएको छ। यस सन्दर्भमा भोटेकोसी र सुनकोशी नदी आसपासका क्षेत्र विशेष सतर्क रहन भनिएको छ।

विशेषगरी भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका (भोटेकोसी तथा सुनकोशी नदी आसपास) जोखिममा पर्न सक्ने भएकाले ती क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button