तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा निःशुल्क कान उपचार शिविरमा ५ सयभन्दा बढीले सेवा लिए

बाँके। बाँकेको नरैनापुर गाउँपालिकामा सम्पन्न निःशुल्क प्राथमिक कान उपचार शिविरमा ५ सयभन्दा बढी स्थानीयले सेवा लिएका छन्।

‘बहिरोपन निवारण कार्यक्रममा सहभागी बनौं, आफ्नो परिवारलाई बहिरो हुनबाट जोगाऔं’ भन्ने नारासहित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा ५ नेपालगन्ज बाँकेको आयोजनामा तथा नरैनापुर गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको हो।

ब्रिनोजका आउटरीच इन्चार्ज भीषण थारुका अनुसार गाउँपालिकाका ६ वटै वडामा क्रमिक रूपमा शिविर सञ्चालन गरिएको थियो। गत २७ गते कटकुईया स्वास्थ्य चौकीबाट सुरु भएको शिविर सोमबार गंगापुर स्वास्थ्य चौकीमा सम्पन्न भएको हो।

गंगापुरमा ९१, कटकुईयामा ९०, लक्षमणपुरमा ७२, कालाफाँटामा ८२, नरैनापुरमा ४२ र मटेहियामा १३० जना गरी कुल ५ सय ७ जनाले कान परीक्षण गराएका थिए।

शिविरमा नाम दर्ता र आवश्यक औषधि निःशुल्क वितरण गरिएको संचालक पुरन थारुले जानकारी दिए। शिविरमा कान सहायक सीता चौधरी, दामोदर चौधरी र तिर्थमान चौधरीले चेकजाँच गरेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button