तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्धको खेलमा पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

स्कटल्यान्डको टिटउट रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन । नेपाल पहिलो खेलमा सोमबार नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा खेलाइएको यो नै पहिलो खेल हो ।

त्यसैगरी स्कटल्यान्ड प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा रहेको छ । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।

नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक स्कटल्यान्ड्सको सामना गर्न लागेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button