प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । मङ्गलवार अपराह्न ४:३० बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको हो ।
यसअघि मङ्गलवार दिउँसो १ बजेका लागि तय भएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएको करिब पाँच मिनेटमै आधा घण्टाका लागि स्थगित गरिएको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मङ्गलवार पनि वेल घेरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्