‘सरकारले उद्योग खोल्न प्रोत्साहन गर्नुपर्छ’
भोजपुर । सरकारले उद्योग खोल्न प्रोत्साहन गर्न नसकेको भन्दै भोजपुरमा मङ्गलवार भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले गुनासो गर्नुभएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले वार्षिक कार्यक्रम अन्तर्गत उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूका लागि गरेको अन्तरक्रियामा सहभागीहरूले उद्योग सञ्चालनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रमेश ढकालले घरेलुले सञ्चालन गरेका कार्यक्रम र अधिकारका साथै उपभोक्ता अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै उपभोक्ता संरक्षण मञ्च भोजपुरका संयोजक गणेश श्रेष्ठले सबैलाई उद्यमी बनाउन सरकारी तहबाट आवश्यक नीति तथा कार्यक्रम नआएको सन्दर्भमा त्यसको सुरुवात स्थानीय सरकारले थाल्न उहाँले जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी नरबहादुर थापाले घरेलु उद्योगहरूलाई मजबुत बनाउन र उपभोक्ता अधिकारलाई बलियो बनाएर सरकारले मात्र नसक्ने भन्दै यसमा उपभोक्ता पनि सचेत हुन जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्