तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा महिला फुटबल लिग छनोटमा १६ क्लबले सहभागिता जनाउने

काठमाडौँ । एन्फा महिला फुटबल लिग छनोट प्रतियोगितामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसहित १६ क्लबले सहभागिता जनाउने भएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले  गत वैशाख २६ गते वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै लिगको छनोट १ देखि १६ असारसम्म सञ्चालन हुने तय गरेको थियो ।

तर, क्लबहरूले तयारी थालेपछि एन्फाले  साउन २७ गतेदेखि प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगितामा यसपल्ट प्रदेशका टोली सहभागी हुने छैनन्। अघिल्लोपल्ट सात प्रदेशले छनोट खेलेका थिए । त्यसबाट कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश छनोट भएर लिगमा पुगेका थिए । 

छनोटमा चर्च ब्वाइजबाहेक ए डिभिजन लिग क्लब न्यु रोड टिम (एनआरटी) र सङ्कटा फुटबल क्लबले सहभागिता जनाउने छन्। यस्तै, नेपाल सुपर लिगको फ्रेन्चाइजी बुटवल लुम्बिनी एफसी र झापा एफसीले पनि खेल्नेछन् ।  

प्रतियोगिताका लागि असार २० गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ । एन्फाले खेल तालिका भने साउन १६ गते सार्वजनिक गर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button