तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट जलविद्युत परियोजनाहरूबारे चासो 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत  तथा सिँचाइ मन्त्री दिपक खड्कासँग जल विद्युत् आयोजनाहरूको प्रगतिबारे जानकारी लिनुभएको छ ।

सोमवार शीतल निवास बोलाएर मन्त्री खड्कासँग यस्तो जानकारी लिनुभएको हो । पौडेलले १ सय ४० मेगावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निमार्ण कार्यको प्रगति विवरणको जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभएको स्वकीय सचिवालयले जनाएको छ । 

यस्तै उहाँले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेगावाटको तल्लो सेती परियोजनाको यथाशीघ्र कार्यान्वयनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिनुभएको छ । राष्ट्रपति पौडेलले  जलविद्युत  परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि चासो राख्नुभएको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button