तपाईँ सुन्दै हुनुहुन्छः

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि दफावार छलफल जारी

काठमाडौँ । सरकारले पुरानो र झन्झटिलो कानूनी व्यवस्थालाई संशोधन गरेर सहज र छिटोछरितो बनाउन लागेको जनाएको छ । 

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि दफावार छलफल गर्न आज बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कतिपय स्पष्ट नभएका कानूलाई सर्वसाधारणले बुझ्ने बनाउन केही नेपाल ऐन अन्तरगत विभिन्न मूल ऐनहरूमा संशोधन गर्न लागिएको स्पष्ट पार्नुभयो । 

आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकका विज्ञापन नियमन गर्ने ऐन, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन,योगमाया आयुर्वेद विश्वविद्यालय ऐन र लोकसेवा आयोगलगायतका ऐनका विभिन्न दफामाथि छलफल भएको हो । 

बैठकमा सांसदहरु कृष्णप्रसाद सिटौला, नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याल, भगवती न्यौपाने, डा वेदुराम भुषाल, सुरेश आलेमगर, गंगा बेलवासे, डा अन्जान शाक्यले व्यक्तिगत घटना दर्ताका सम्बन्धमा गलत विवरण भएमा एक पटकलाई सच्याउने व्यवस्था राख्नुपर्ने, राष्ट्रिय परिचयपत्र खारेजीको व्यवस्था कानुनमै स्पष्ट तोकिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button