तपाईँ सुन्दै हुनुहुन्छः

महासचिव वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौँ ।  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

हाल उहाँ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । छातीको सङ्क्रमण देखिएपछि वैद्यलाई झण्डै एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । महासचिव वैद्यकी छोरी चेतना शर्माका अनुसार उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । 

शर्माले भन्नुभयो, “वसुन्धरास्थित विपी स्मृति अस्पताल र टिचिङमा गरी झण्डै एक महिना उपचारपछि उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।” वैद्यलाई झण्डै १५ दिन सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार गराइएको थियो । हाल उहाँलाई वार्डमा सारिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button